भारतको ‘छिमेकी पहिले नीति’बाट नेपालले लाभ लिनुपर्छ, जयशंकरको भ्रमणमा भएको चार बुँदे सम्झौता स्वागतयोग्य : राजकिशोर यादव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ पुष २०८०, आईतवार
9 Min Read
Aa

काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री राजकिशोर यादवले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन् । उनले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट लाभ लिनुपर्ने सुझाव दिए ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको यसअघि भएको भारत भ्रमणको क्रममा भएका दुई देशबीचका सम्झौतालाई अहिले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा मूर्त रूप दिने काम भएको उनको भनाई छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको भारत भ्रमणको क्रममा जुन सम्झौता भए, ती सम्झौतालाई मूर्त रुप दिन भारतीय विदेशमन्त्री नेपाल आउनुभएको थियो । सम्झौता पहिले दुई सरकारबीच भएको थियो । अहिले नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा बुँदागत हिसाबले ४ बुँदे सहमति भयो । त्यो एकदमै सराहनीय छ । खासगरी १० हजार मेगावाट विजुली भारतले किन्ने सम्झौता भयो । यो नेपालको आर्थिक क्षेत्रमा माईलस्टोन भयो । फड्को हो । यो काम पहिल्यै हुनुपर्दथ्यो । अरुण तेस्रो त्यतिवेला नै भएको भए र यी सम्झौता पहिले भएको भए आज देशको अवस्था अर्कै हुन्थ्यो । तत्कािलन नेतृत्वले आफ्नो दुरदर्शीता देखाएनन् ।’
यादवले भारतीय विदेशमन्त्री नेपाल आएर यसअघि भएका सम्झौतालाई मूर्त रुप दिएको भन्दै आगामी दिनमा नेपालले भारतबाट लाभ लिनसक्नुपर्ने सुनाए । उनले भने,‘भारतको छिमेकी पहिले भन्ने नीति छ । त्यो पोलिसीबाट नेपालले पनि आफ्नो हितमा फाईदा लिन सक्नुपर्छ । सबै जिम्मेवार दल र नेतृत्व लाग्नुपर्छ । अहिलेको हाम्रो चूरो कुरा भनेको देशमा आर्थिक समृद्धि र युवाहरुलाई रोजगारी सिर्जना गर्नुपर्छ ।’
उनले आर्थिक रूपमा समृद्धि हाँसिल गर्न नसकिए देशभित्र ठूलो चूनौति सामना गर्नुपर्ने अवस्था रहेको पनि सुनाए । उनले भने,‘अब हामीले हाम्रो आन्तरिक उत्पादनलाई बढाउनुपर्छ । छिमेकीसँग विश्वासको आधारमा सम्बन्ध बनाएर मुलुकको राष्ट्रिय हितलाई सम्वद्र्धन र प्रवद्र्धन गर्दै जानुपर्छ ।’
सो क्रममा यादवले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था एकदमै चिन्ताजनक र संकटोन्मुख रहेको टिप्पणी गरे । उनले भने,‘आज हाम्रो देशको जुन सामाजिक, राजनीतिक र आर्थिक अवस्था छ, त्यो चिन्ताजनक र संकटोन्मुख छ । आज मुलुकमा रोजगारी गर्न नपाएर विदेश जान्छु भन्ने युवाले गोली खानुपर्ने स्थिति छ । सम्मानजनक काम देउ भन्दा, राज्य आर्थिक रुपमा यति कमजोर अवस्थामा पुगेको छ की कुनै रोजगारी दिनै सक्दैन् । युवाहरुलाई राम्रो रोजगारी र शिक्षादिक्षा दिने अवस्था छैन् ।’
अहिले देश संकटग्रस्त अवस्थामा पुग्नुमा सबै दल र खासगरी राज्य सञ्चभालनमा रहेकाहरु नै जिम्मेवार रहेको उनको आरोप छ । उनले भने,‘सबै दल, हिजोका दिनमा राज्य सञ्चालनमा रहेकाहरुले जिम्मेवारी लिनुपर्छ । यो मुलुकमा प्रचुर सम्भावना हुँदाहुँदै पनि देशको अवस्था यस्तो छ । हामीलाई प्रकृतिले वरदान दिएको छ । आजको तितो यथार्थ के छ भने यो देशमा हाम्रो भविष्य छैन भन्ने युवाहरुको मनमा छ । अहिले भैरहेको राजनीतिको केन्द्रविन्दुमा आर्थिक मुद्दा देखिएन । जसको कारण हामी पछि पर्यौं ।’
नेपालका दलहरू आन्तरिक रूपमा राजनीतिक रूमा विभाजित हुँदा आर्थिक मुद्दा ओझेलमा परेको उनको टिप्पणी थियो । उनले भने,‘राष्ट्रिय हितका कुरा बिर्सियौं । एक अर्कामा आरोप लगाउने काम भयो । ०७२ मा संविधान जारी भयो, आज ८ वर्ष भैसकेको छ । संविधानमा भएका प्रावधानहरुलाई कानून र ऐन बनाएर संस्थागत गर्नुपर्ने थियो, त्यो काम पनि भएको छैन् । व्यापार घाटा धेरै छ। यो मुलुक आयातको मात्र केन्द्रविन्दु भएको छ । यसले हामी दिनप्रदिदिन कमजोर भएका छौं ।’
बहुदलीय व्यवस्थामा जहिलेपनि सरकार असफल भयो भने वेटिङ गभर्मेन्ट पनि छ है भनेर प्रमुख प्रतिपक्षी दललाई हेरिने गरिएको भएपनि अहिले प्रमुख प्रतिपक्षी दल पनि नदेखिएको उनको टिप्पणी छ । उनले भने,‘व्यवस्थालाई नै विरोध गर्ने परिपाटी देखियो । यो एकदमै डरलाग्दो कुरा हो ।’

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल भयो ः एमाले नेता आनन्द पोखरेल
काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् ।
‘यो मुलुकमा एक वर्षभित्रमा राजनीतिक अस्थितरता र राजनीतिक अराजकता रह्यो । सामाजिक सद्भाव र सामुदायिक हितको प्रश्न कमजोर रह्यो । आर्थिक रुपमा असफलता भयो ।’ उनले भने, ‘शान्ति सुरक्षाको स्थिति अत्यन्त दयनीय भयो । विकास निर्माण ठप्प भयो । संविधानमा पनि चुनौति रह्यो ।’
उनले एमालेले मुलुकमा विकास र समृद्धि चाहेको बताए । एमालेले छिमेकीसँग राम्रो सम्बन्ध होस् भन्ने चाहेको उनले बताए । नेता पोखरेलले छिमेकीसँगको राम्रो सम्बन्ध बनाउने क्रममा अन्तराष्ट्रिय भू–राजनीतिको केन्द्रविन्दु नेपाल नहोस् भन्ने एमालेको चाहना रहेको बताए । मुलुक जनसंख्या, भूगोल र आकारमा सानो ठूलो भएपनि देशको सार्वभौमसत्ता अखण्डता, स्वाभिमानमा सबै राष्ट्र समान हुनुपर्ने उनले बताए ।
‘मुलुक जनसंख्या, भूगोल र आकारमा सानो ठूलो हुनसक्छ । गरिब र धनीमा पनि फरक हुनसक्छ । तर, सार्वभौमिकता, अखण्डता, स्वाभिमानमा सबै मुलुक बराबरी हो भन्ने हाम्रो ठम्यार्इँ हो, मेरो ठम्यार्इँ हो,’– उनले भने ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु नेपालको हितविपरीत रहेको उनको टिप्पणी छ । उनले सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने गरी वर्तमान सरकारले भारतसँग सम्झौता गरेको भन्दै आपत्ति जनाए । ठूलो छिमेकी राष्ट्र भारतले सानो भाइको रुपमा व्यवहार गरेको उनको टिप्पणी छ ।
‘अहिले जुनढंगले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले नेपालको जलस्रोतको क्षेत्रमा, अन्य भौतिक पूर्वाधारको क्षेत्रमा अत्यन्त ढोका खुलेको छ । यो माइलस्टन भनेर चर्चा गरिएको छ ।’ उनले भने, ‘तर, म वाक्यमा भन्न चाहन्छु– यो सम्झौता १९५० को नेपाल–भारत सन्धिको एउटा निरन्तरता, ठूलो छिमेकी राष्ट्र भारतको सानो भाइको रुपमा व्यवहार गर्ने, एउटा सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने यो सरकारले सम्झौता गरेको छ । १९५० देखि अहिलेसम्म आइपुग्दा हिजोको भारतको नेपाललाई हेपाहा र मिचाहा प्रवृत्ति थियो, नेपालको सार्वभौमिकतामा हस्तक्षेप गथ्र्यो ।’
भारतले नेपालमाथिको हस्तक्षेप कायमै राख्नका लागि नयाँ सम्झौतासहित नेपाललाई कमजोर बनाउनेगरि सम्झौता गरेको उनको आरोप छ । भारतले आजसम्म कुनैपनि सहयोग निःशर्त नरहेको उनले बताए । उनले भारतीय दूतावासमार्फत नेपाली जनतालाई धु्रवीकरण गर्न खोजिएको आरोप लगाए ।
‘अहिलेको गठबन्धन सरकार राष्ट्रघाती सरकार हो । भारतसँग आत्मसमर्पण गरेको छ,’–नेता पोखरेलले भने । भारतसँग विद्युतको क्षेत्रमा कुनै ठूलो सम्झौता गर्न नसकेको उनले बताए । भारतले आफ्नै लगानीमा बनेको ७ मेगावाट विद्युत लाने उनको दाबी छ । वर्तमान सरकारले भारतसँग गरेको विद्युत व्यापार सम्झौता लज्जास्पद रहेको उनले टिप्पाणी गरे ।
‘कुनै ठूलो क्रान्ति भएको छैन । ७ हजार मेगावाट उसैले बनाएको लैजाने हो । नेपाली जनताले बनाएको र अरु राष्ट्रले बनाएको विजुली किन्नेवाला छैन ।’ उनले भने, ‘सार्वभौम सत्ता छिमेकी मुलुकलाई शर्तसहित विजुली किन्ने सहमति भएको छ । यो जस्तो लज्जास्पद र लम्पसारवादी हो ।’
नेपालमो सबैभन्दा कमजोर सम्झौता गरेर भारतले नेपालको सार्वभौम सत्तामाथि चुनौति दिएको उनले बताए । उनले भारतसँगको सम्झौतालाई राम्रो भन्नु गधालाई गाई भन्नु बराबर भएको बताए ।
साथै, एमसीसीअन्तर्गतका परियोजना पनि अब नेपालमा नबन्ने उनको दाबी छ । एमसीसीमा अहिलेसम्म नेपालकै पैसा खर्च भएको बताउँदै उनले अब केही समयपछि अमेरिकाले आइपिएसको सदस्य बन्ने भएमात्रै पैसा दिन्छु भनेर शर्त राख्ने उनको दाबी छ ।
‘एमसीसी जे अमेरिकाले गर्न खोजेको थियो, त्यो पूरा भयो । एमसीसी अब बन्दैन । अब पाँच वर्षको समयमा बनेन भने पैसा नदिने भनेको छ । अमेरिकाको आइपिएसको के मात्रै धारणा थियो भने नेपाली समाजलाई ध्रुवीकरण गर्नु थियो । ’ उनले भने, ‘नेपालको संसद्लाई ध्रवीकरण गर्नुथियो । त्यो पूरा भएको छ । अब आइपिएसको सदस्य बन्ने भएमात्रै पैसा दिन्छु भन्छ । अहिलेसम्म नेपालको मात्रै पैसा खर्च भएको छ ।’

 

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array