विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ पुष २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं, बाँके, नेपालगंज उपमहानगरपालिका-२० रमेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय रामचन्द्र यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ बालमन्दिरस्थित तालावाङ्गी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्रामसहित प्युठान स्वर्गद्वारी नगरपालिका-३ बस्ने ३१ वर्षीय सन्तोष रेग्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

अछाम, साँफेबगर नगरपालिका-३ टोटासालबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले सोही ठाउँमा टहरा बनाई बस्ने बाजुरा बुढिनन्दा नगरपालिका-५ पाण्डुसैन घर भएकी ३३ वर्षीया पशुपती थापालाई टहरामा राखेको २० ग्राम ३३० मिलिग्रामसहित र सोही नगरपालिका-४ मष्टामाडौं बस्ने २४ वर्षीय छितिज बुढालाई साथमा राखेको ८ ग्राम ५ सय ९० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-८ बरपिपल चोक बस्ने १८ वर्षीया किशोरलाई अवैध लागूऔषध ब्राउन सुगर ४ सय मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरको हो ।

पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुबन चोकस्थित नहरबाट अवैध लागूऔषध गाँजा करिब ४२ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका-४ अकवा बस्ने ४० वर्षीय बिनोद राम र मकवानपुर भिमफेदी गाउँपालिका-९ स्यारसे बस्ने ३४ वर्षीय सुमन बलोन रहेका छन् । ईलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ च १५४० नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा चालकको सिटमुनि लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी चालक बलोनलाई पक्राउ गरेको हो । साथै सोधपुछ गर्ने क्रममा उक्त गाँजा रामले लिन आउने भने खुल्न आएपछि रामलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array