उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं। उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई शपथ गराएका हुन् । शपथग्रहणसँगै अब न्यायाधीशहरू भोलिदेखि आउँदो माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन् । त्यसपछि उनीहरू तोकिएको उच्च अदालतमा जानेछन् । यही पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array