बाग्मती प्रदेशद्धारा शिवपुरीको आइतराम पार्टी, पुणी भञ्ज्याङ, सिक्रे,मैदान,तालढुंगा सडकका लागि २५ करोडको श्रोत सुनिश्चीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ पुष २०८०, बुधबार
3 Min Read
Aa
hdr

रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको शिवपुरी गाउँपालिकाले गत आर्थिक बर्षमा डिपीआर गरेर सिफारीस गरेको आईतराम पाटी, पुणि भञ्ज्याङ् हुँदै सिक्रे मैदान तालढुँगा सडक स्तरोन्नतीका लागी बाग्मती प्रदेश सरकारले २४ करोड ९९ लाख ९१ हजारको श्रोत सुनिश्चीतता गरेको छ ।
बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको पौष २४ गतेको मन्त्री स्तरीय निर्णयले तीन आर्थिक बर्षमा सम्पन्न गराउने लक्ष्य सहित बहुबर्षिय योजनाको श्रोत सुनिश्चितता गरेको हो । यस सडकको स्तरोन्नतीका लागि बाग्मती प्रदेश सरकारले पहिलो आ.व ०८०÷८१ मा ५ करोड, दोश्रो बर्ष आ.व ८१÷८२ मा ९ करोड ९९ लाख ५७ हजार र तेश्रो बर्ष आ.व ८२÷८३ मा ९ करोड ९९ लाख ५७ हजार गरी कुल २४ करोड ९९ लाख ९१ हजार रकम उपलव्ध गराउने छ ।
शिवपुरी गाउँपालिकाको सामरीक महत्व राख्ने यस सडक स्तरोन्नतीका लागि डिपीआर गरेपछि गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले पटक पटक केन्द्रीय सरकारका अर्थ मन्त्री डा. प्रकाश शरण महत तथा बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा लगायतका मन्त्री तथा नेताहरुसंग समन्वय गदै बजेट बिनियोजनका निम्ती पहल गदै आउनुभएको छ ।
शिवपुरी गाउँपालिकाको वडा नं १,२,३,४ र ६ नम्बर वडा जोडने यस सडक स्तरोन्नतीका लागि गाउँपालिकाले गतबर्ष मात्र डिपीआर गरेर प्रदेश सरकारलाई सिफारीस गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले विशेष प्राथमीकतामा राखेर गतबर्ष यस योजनाको मात्र डिपिआर गरेर प्रदेश सरकारलाई सिफारीस गरेको हो ।
शिवपुरी गाउँपालिकाको विकासका निम्ती निकै महत्व राख्ने यस योजनामा रकम बिनियोजनपछि जस लिन होडबाजीनै चलिरहेको छ । बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका एक अधिकृत स्तरका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने यस योजनाका निम्ती शिवपुरी गाउँपालिकाले डिपिआर सहित रकम माग गरेपछि मन्त्रालयले फायल अगाडी बढाएको हो” । उनले भने “डिपिआर बिना यस्ता ठुला योजनामा प्रदेश सरकारले हचुवाको भरमा रकम बिनियोजन गदैन्, मैले सुनेको छु यस योजनाको रकम सुनिश्चीत हुनुपुर्वनै त्यहाँ नेताहरु बिच जस लिने होडबाजी चलेको छ रे, हामी कर्मचारी यस बिषयमा प्रवेश गर्न चाहंदैनौं मिलाएर बुझनु होला”
यस सडकको निर्माणसंगै शिवपुरीको पर्यटन पुर्वाधार, एग्रो टुरीजम र धार्मिक पर्यटनका निम्ती सहयोग पुग्ने छ ।
बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको पौष २४ गतेको मन्त्री स्तरीय निर्णयले नुवाकोटको सातदोबाटो, काहुले, भाल्चे सडक रु– ५८ करोड ९९ लाख ९९ हजार, राईसिङ, हर्कपुर ,देउराली सडक रु–२३ करोड ९९ लाख ९८ हजार र कोल्पुटार दुईपिपल झ्याङ्ली सडक रु–३८ करोड ४९ लाख ९८ हजार बराबरको बहुबर्षिय योजनामा समावेश गरि रकम सुनिश्चीतता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array