पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना दिनु भएको छ । सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं । त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ , नेपालराष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई । राष्ट्र भनेको भुगोल मात्रहोईन जनताको साझा थलो हो अनिराष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभवगर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहरपनिहो । सबै जातजाती, सबै वर्ग समुदाय, सबैधर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाकाथरि थरी सुन्दर फुलहरु हुन् । हाम्रो राष्ट्र निर्माणको पूनितकामना यो हो । हाम्रो राष्ट्रनिर्माताबाट अभिब्यक्त भएका दिब्यधारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ । त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरीएका मार्गचित्र तथा दिब्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौं विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array