यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ पुष २०८०, शनिबार
1 Min Read
Aa

दाङ। बाँकेको नेपालगञ्जबाट काठमाडाँैतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो । उहाँका अनुसार हालसम्म चार यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १० : ३० बजे राप्ति नदीमा खसेको हो । प्रहरी बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array