तारकेश्वरमा अपांगता भएका व्यक्तिहरुको गाम्भीर्यताको आधारमा घरमै गएर अपांगता परिचयपत्र बितरण सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ माघ २०८०, सोमबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाले कार्यालयमा आएर अपांगता परिचयपत्र लिन नसक्ने अपांगता भएका व्यक्तिहरुलाई गाम्भीर्यताको आधारमा घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गर्न सुरु गरेको छ ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा, महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तरर्गतको अपांगता परिचयपत्र बितरण समितिले आज ३ जना अपांगता भएका व्यक्तिहरुलाई घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गरेको छ । २१ बर्ष देखि प्यारलाईसिस भएर उपचाररत तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाँउ स्थीत मनहरी कोइरालालाई उपप्रमुख बुर्लाकोटीको नेतृत्वमा अपांगता परिचयपत्र बितरण समितिले डक्टरको रिपोर्टको आधारमा घरमानै पुगेर रातो रंगको अपांगता परिचयपत्र उपलव्ध गराएको छ । रोगका कारण दुई दशक बढी समय देखि बिछौनाबाट बाहिर निस्कन नसक्ने अवस्थाका कोइराला बोल्न समेत सक्नुहुन्न् । रोगका कारण कोइरालाको दायाँ हात समेत जोडिएको अवस्थामा रहेको छ । उपप्रमुख बुर्लाकोटीले घरमानै पुगेर उहाँलाई परिचयपत्र उपलव्ध गराएपछि उहाँका परिवार निकै खुसी देखिए । परिचयपत्र पाएपछि बोल्न नसक्ने अवस्थाका कोइरालाले उपप्रमुखलाई हात हल्लाएर धन्यवात समेत दिनुभयो ।

No description available.

No description available.
तारकेश्वर नगरपालिका वडा नं २ को तल्लो भेडिगोठ बसन्त कोलनी हाइटको सुन्दर नगरका ६७ बर्षिय कमान सिंह थापा मगर पनि एक दशक देखि प्यारालाईसिसका कारण घरमानै उपचाररत हुनुहुन्छ । हिडन नसक्ने अवस्थाका थापामगरलाई बोकेर नगरपालिकाको कार्यालय सम्म लैजान नसकेका कारण लामो समय देखि उहाँ अपांगता परिचयत्र बिहिन अवस्थामा हुनुहुन्थ्यो । डक्टर सहितको अपांगता परिचयपत्र बितरण समितिको टोली लिएर निवास पुग्नुभएकी उपप्रमुख बुर्लाकोटीले आज उहाँलाई घरमानै परिचयपत्र उपलव्ध गराइदिनुभयो । परिचयत्र दिनका लागि घरमा पुग्नु भएकी उपप्रमुख बुर्लाकोटी नेतृत्वको टोलीलाई देखेपछि भाबुक बन्नुभएका थापामगरको आँखाको आँसु रोकिएन । उहाँले भन्नुभयो“मैले परिचयपत्र लिन धेरै पटक प्रयास गरें, तर त्यहाँ सम्म पुग्ने म मा सार्मथ्य रहेन् तर आज भगवान बनेर उपमेयर ज्यूले घरमानै आएर परिचयपत्र दिनुभयो म धेरै खुसी छु, यो सतकर्मका लागि उहाँको यो टोलीलाई धेरै धेरै धन्यवात”

No description available.

No description available.
थापामगरले आफुलाई डक्टरले अपांगता भएको बताएपछि बाँच्न समेत मन नलागेको सुनाउनुभयो । उहाँले भन्नुभयो “डक्टरले रोग निको हुन्न भनेपछि मैले दुई पटक श्रीमतीलाई बिष ल्याईदेउ म खाएर मर्छु भनेको बिष ल्याईदिएनन्, आज आफ्नो अवस्था अनुसारको परिचयपत्र त पाँए अब मलाई नियमीत उपचारको लागि आर्थिक अभाब रहेको छ ”
निकै निरास र भाबुक देखिनुभएका थापामगरलाई अन्त्यमा उपप्रमुख सृजना बुर्लाकोटीले निरास नबन्न आग्रह गदै आवश्यक परेको अवस्थामा आफुले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
केहि समय अघि अफिस जाने क्रममा रुख ढलेर मोटरसाइकलसंगै रुखले थिचेर घाइते हुनुभएका तारकेश्वर नगरपालिका वडा नं ३ जितपुर फेदीका श्रीराम तिवारीको ढाड देखि तल पुरै भाग चल्दैन् । ह्विेलचेयरको सहाराले उहाँले बषौं देखि जीवन गुजारा चलाईरहनु भएको छ । आइतबार साँझ तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, तारकेश्वर नगरपालिकाको महिला, बालबालीका तथा समाजकल्याण शाखा प्रमुख प्रतिमा मिश्र सहितको टिमलाई आफ्नै घरमा देख्दा तिवारी निकै खुसी देखिनुभयो । सरकारी अस्पतालको डक्टरको कागजपत्रको अध्ययन गदै परिचयपत्र बितरण समितिकी डा. इङगीता सिम्खडाले तिवारीलाई निलो परिचयपत्र दिन उपयुक्त भनेर सिफारीस गरेपछि उपप्रमुख बुर्लाकोटीले तिवारीलाई निलो परिचयपत्र उपलव्ध गराउनुभयो । परिचयपत्र पाएपछि तिवारीले अपांगता भएकाहरुलाई घरमानै पुगेर परिचयपत्र बितरण गरिने कार्य निकै सराहनीय रहेको बताँउदै उपप्रमुख सहित नगरपालिकाको टिमलाई धन्यवात दिनुभयो ।
स्पाइनल कर्डको समस्या रहेको तिवारीलाई दिसापिसाव आएको समेत थाहा हुन्न् । नियतीले ठगीएका तिवारीलाई भौतिक संरचनाले थप चुनौति दिएको छ । सडक भन्दा माथी घर रहेकाले दैनिक आवतजावत गर्नका लागि उहाँलाई बोकेर लैजानु पर्ने अवस्था रहेको छ । निवासमा पुग्नुभएको उपप्रमुख र वडा अध्यक्षलाई तिवारीले घर सम्म पुग्ने र्यामको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
उपप्रमुख बुर्लाकोटीको नेतृत्वमा तारकेश्वर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्र, शाखाकी महिला विकास अधिकृत बिमला देवी लम्साल,अपांगता परिचयपत्र बितरण समितिका सदस्य डा. इङगिता सिंखडा सहितको टोलीले आइतबार अपांगता भएका व्यक्तिहरुलाई घर घरमा पुगेर परिचयपत्र बितरण गरेको हो ।
नगरपालिकामा यस अघि सबै प्रकारका अपांगता भएका व्यक्तिहरुले परिचयपत्रका लागि तोकिएको काजपत्र सहित स्वयम कार्यालयमानै अनिवार्य उपस्थीति हुनुपर्दथ्यो । अपांगता परिचयपत्र बितरण समितिका संयोजक एवं तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अपांगता भएका नागरिकलाई परिचयपत्र लिनका लागि समस्या नहोस भन्ने हेतुले गाम्भीर्यताको आधारमा कार्यालयमा स्वयम उपस्थीत हुन नसक्नेहरुलाई घरमानै पुगेर बितरण गर्ने व्यवस्था गर्नुभएको हो ।
तारकेश्वर नगरपालिकाको अपांगता परिचयपत्र बितरण समितिका सदस्य सचिब एवं महिला बालबालीका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्रले गाम्भीर्यताको आधारमा अपांगता भएका व्यक्तिहरुलाई घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गर्ने कार्य सुरु भएको बताँउदै अव यस कार्यलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो ।
अपांगता परिचपय लिनका लागि नगरपालिका भित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुले विशेषज्ञ डक्टरको सिफारीस, वडा कार्यालयको सिफारीस, अपांगता भएका व्यक्तिको फोटो सहितका कागजात सहित तारकेश्वर नगरपालिकाको वडा नं ६ को कार्यालय र्धमस्थलीमा रहेको महिला तथा जेष्ठ नागरिक शाखामा निवेदन दिनुपर्ने हुन्छ । प्राप्त आवेदनहरु संकलन गरि नगरपालिकाको अपांगता परिचयपत्र बितरण समितिको बैठक बस्ने छ । उपप्रप्रमुख सृजना बुर्लाकोटी अर्याल, अपांगता परिचयपत्र बितरण समितिका सदस्य सचिब एवं महिला बालबालीका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्र, परिचयपत्र बितरण समितिका सदस्य डा. इङगीता सिम्खडा, समितिका सदस्य हरिकृष्ण अर्याल, अपांगता भएका व्यक्तिहरुको संघ, संस्थाका प्रतिनिधिहरु सहित तोकिएका समितिका सदस्यहरुको उपस्थीतिमा अपांगता भएका व्यक्तिको पहिचान गरेर अपांगता परिचयपत्र बितरण गरिन्छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले यस अघि तारकेश्वरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरु नगरपालिकाकै परिवार रहेको बताँउदै उनिहरुलाई सम्मान जनक रुपमा जीवनयापनका लागि नगरपालिकाले कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नगरप्रमुखले यस अघि पटक पटक अपांगता भएका व्यक्तिहरुका लागि आफ्नो तलब भत्ताबाट केहि रकम आर्थिक सहयोग समेत गदै आइरहनु भएको छ ।

No description available.

No description available.

 

dff

प्रतिक्रिया दिनुहोस्

Array