सशस्त्र प्रहरी बलकी सिपाही महिला बक्सिङ निता गोसाई मृत फेला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । महिला बक्सिङ निता गोसाई मृत फेला परेकी छन् । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी २७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए । मृतकका परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीअनुसार एक युवालाई पक्राउ गरिएको छ । ती युवकको यातनाका कारण गोसाईले आत्महत्या गरेको परिवारको आरोप छ । गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

Array