प्रधानमन्त्रीले असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई (आज)शुक्रबार सम्बोधन गर्नुहुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

युगान्डा,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड नाम शिखर सम्मेलनमा भाग लिन  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  बिहीबार युगान्डा प्रस्थान गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुता मुसेभेनीले आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुने छ । साइड लाइन बैठकमा उहाँले शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका मित्रराष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालमा लगानी भिœयाउने र दोहोरो साझेदारी गर्नका लागि आवश्यक पहल गर्नुहुने जनाइएको छ ।

शिखर सम्मेलनले मन्त्रीस्तरीय बैठकको प्रतिवेदनमाथि छलफल गर्दै यसबिचमा भएका प्रगतिको समीक्षा गर्दै नयाँ साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने छ । मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको कम्पाला घोषणापत्र पारित गर्दै बैठक सकिने छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक भएकाले पनि यसका निर्देशक सिद्धान्तप्रति सदैव प्रतिबद्ध रहेको छ ।

मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नामको मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसक्नुभयो । मन्त्री साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा रहनु भएको छ । यसैबिच मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउदले नामको मन्त्रीस्तरीय बैठकमा बुधबार सहभागिता जनाउनुभएको छ ।

Gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array