स्रोत नखुलेको रु. दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु. दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी भएकाे विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु. दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

Array