मीन कुमारी राणा प्रतिष्ठान : पुरस्कार छनोट समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ माघ २०८०, शनिबार
1 Min Read
Aa

भक्तपुर । मीन कुमारी राणा प्रतिष्ठानले पुरस्कार छनौंट समिति गठन गरेको छ । संस्थाका अध्यक्ष कबिर राणाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष राणा, सल्लाहकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिहर विरही र माथवरसिंह बस्नेत र महासचिव रबि राणा रहेको ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको हो । प्रतिष्ठानले स्व. मीनकुमारी राणाको स्मृतिमा स्थापित अक्षय कोषबाट दोश्रो पूण्य तिथिमा प्रजातन्त्र सेनानी सम्मान (पुरस्कार), राष्ट्रिय पत्रकारिता पुरस्कार र राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गर्ने छ । त्यसका लागि गठन गरिएको छनौट समितिले माघको अन्तिम साता प्रदान गरिने पुरस्कारहरुको लागि व्यक्तिहरु छनोट गर्ने छ । छनौंट समितिको सिफारिसमा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुले जनही ५१ हजार १ रुपैयाँ र सम्मान पत्र प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array