प्रधानमन्त्री स्वदेश फिर्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन– नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई आज बिहान स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई सम्बोधन गर्दै असंलग्न आन्दोलनले आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरिरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पर्वतीय देश नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको र त्यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई सम्मेलनमा राख्दै हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array