अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ माघ २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं,  सल्यान, त्रिबेणी गाउँपालिका-६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ सय ५० ग्रामसहित भारत गोसपुरपरी बस्ने २५ वर्षीय अकिल अहमद समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलोसहित भारत पश्चिम चम्पारन घर भएका ४० वर्षीय जगु साह समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-००६ ख ४८८४ नम्बरको माईक्रो बसलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने २३ वर्षीय विजय विश्‍वास र झापा कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय भुपेन आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ९९६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सप्तरी, सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ४२ वर्षीय रामआशिष मुखिया र हनुमाननगर कंकालनी नगरपालिका-११ बस्ने ५२ वर्षीय रूद्रनराण यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले ना.७ ख १६०५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array