राखेप र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङले तालिमको एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी जम्मा ४० जना सहभागी छन् । उनीहरुलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिने छन् । शनिबारसम्म चल्ने तालिममा २१ कक्षा सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array