सेना दिवशका अवसरमा फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ माघ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,   सेना दिवशका अवसरमा मिति २०८० माघ ०९ गतेदेखि १३ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी सञ्चालन हुँदैछ ।   प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ । यसका साथै प्रदर्शनीमा सैनिक पोशाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा,घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य  सामग्रीहरुको प्रदर्शनी हुनेछ ।     आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले  आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई माघ ०९ गते १४०० वजेदेखि १७०० वजेसम्म र  माघ १० गतेदेखि १३ गतेसम्म १००० वजेदेखि १७०० वजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array