दीगो शान्ति र समृद्ध नेपालको कामना गर्दै उर्वर भूमि नेपालद्वारा श्रीमद् देवी भागवत महापुराण आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ माघ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  देशमा दीगो शान्ति, समृद्ध नेपाल र सुखी नेपालीको कामनासहित उर्वर भूमि नेपालले काभ्रेको मण्डनदेउपुरमा श्रीमद् देवी भागवत महापुराण आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उर्वर भूमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले आगामी माघ ११ गतेदेखि १९ गतेसम्म श्रीमद् देवी भागवत महापुराण आयोजना गरिएको बताए ।

श्रीमद् देवी भागवत महापुराणमा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको उनले बताए । अध्यक्ष श्रेष्ठले सतीको श्रापको दाग मेट्न, सहिदहरुको आत्मालाई शान्ति दिन र काल अकालबाट मृत्यु भएकाहरुको आत्माको चीर शान्तिको कामनासहित पितृ आत्मको मोक्ष प्राप्ति होस् भनि प्रार्थनाका लागि श्रीमद् देवी भागवद् वेद ज्ञान १०८ महायज्ञ आयोजना गरिएको बताए ।

उक्त महायज्ञमा पण्डित दीनबन्धु पोखरेलको मुखराविन्दबाट श्रीमद् देवी भागवद् वेद ज्ञान वाचन हुने बताइएको छ ।
साथै, अहिले विश्वमा शान्ति भन्दा पनि हिंसा बढ्दै गएकाले विश्वलाई शान्तिको सन्देश दिन माघ २२ गतेदेखि २४ गतेसम्म देशमा दीगो शान्तिको स्थापना र विश्व शान्तिको कामना गर्दै बुद्ध ज्ञान प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुरुबाट शान्तिको पाठ पुजा र प्रवचन कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array