तीन ओटा प्रवेश पत्र सहित ट्रायल दिने एकजना नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०८०, मंगलवार
1 Min Read
Aa

भक्तपुर,भक्तपुरको राधे राधे स्थित “Easy way trail center” बाट आज दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन ओटा प्रवेश पत्र सहित एकजना परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलामको चुलाचुली ४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रयोगात्मक परीक्षाका क्रममा नियन्त्रणमा लिइएको हो ।

प्रवेश पत्रमा ९६७२९४७ Application ID नम्बर उल्लेख भएका पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुन: दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुन: परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा प्रयोगात्मक परीक्षामा खटिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा आएका पुरीलाई आवश्‍यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ  ।

प्रतिक्रिया दिनुहोस्

Array