अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा संचालन भएको एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८०’ सोमबार सम्पन्न भएको छ ।गोष्ठी समापन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस गोष्ठीको दौरान प्राप्त तथ्य र तथ्याङ्कका साथै अनुसन्धान कर्ता र सरकारी वकिल समेतको प्रत्यक्ष रुपमा अभिव्यक्त बुझाई र अनुभवले अपराध अनुसन्धानको आगामी योजना निर्माणका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले यस गोष्ठीले अपराध अनुसन्धानको सवल पक्षहरूलाई उत्कृष्ट अभ्यासको रुपमा कार्यान्वयन गर्ने, देखिएका समस्या र चुनौतीलाई योजनाबद्ध रूपमा सम्बोधन गरी आगामी रणनीति र योजना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अपराध नियन्त्रण र अनुसन्धानमा बहुपक्षिय सहयोग र समन्वय आवश्यक भएकोले केन्द्र, प्रदेश, जिल्ला र ईलाका तहसम्मले सबैबाट सहयोग प्राप्त गर्न पहल गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

            गोष्ठीमा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालय, सहकारी विभाग, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, मानव बेचबिखन अनुसन्धान व्यूरो, लागूऔषध नियन्त्रण व्यूरो, साइबर व्यूरो, केन्द्रीय अनुसन्धान व्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरका प्रतिनिधीहरूले अपराध अनुसन्धानको अवस्था, अनुसन्धानमा देखिएका चुनौतीहरू लगायतका विषयवस्तुमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा सहन्यायाधिवक्ताहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array