गोठालो जेठा मिलनको निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’ सार्वजनिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०८०, मंगलवार
1 Min Read
Aa
काठमाडौं । गोठालो जेठा मिलनको पहिलो कृति निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’ सार्वजनिक भएको छ ।लन्डन बस्दै आएका गोठालो जेठा मिलनको निबन्ध संग्रह सोमबार एक समारोहबिच गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमोचन गरेका हुन् ।
ताप्लेजुङमा जन्मेर मोरङको पथरीमा हुर्केका गोठालो जेठा मिलन सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न व्यक्ति हुन् । यसअघि गीतकारका रुपमा कलम चलाउँदै आएका उनले यसपटक निबन्ध संग्रह प्रकाशित गरेका हुन् ।सम्झनाको सन्दुकलाई आत्मपरक निबन्ध भनेका उनले पुस्तकको अन्तिम पृष्टमा लेखेका छन्– ‘सम्झनाको सन्दुक खोली हेर्दा भेटिन्छ, जीवनका रोमाञ्चकारी उकाली ओराली र मोडहरू । भेटिन्छ तपस्याजस्तो प्रेम… आफ्नो पहिचानको लागि राज्यसँग लडिरहेको युवा भेटिन्छ । सिंगै जीवन भेटिन्छ ।’शिखा बुक्सले प्रकाशन गरेको ‘सम्झनाको सन्दुक’को मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array