सेना दिवसको अवसरमा फोटो तथा युनिट विशेष प्रदर्शनी आरम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं ।प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले सेना दिवस २०८० को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनीको जङ्गी अड्‍डामा आयोजित विशेष समारोहका बिच समुद्‍घाटन गर्नु भएको छ । जङ्गी अड्डा परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, हातहतियार र उपकरणहरू राखिएको छ । यसका साथै प्रदर्शनीमा सैनिक पोशाक, व्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरुको प्रदर्शनी  हुनेछ । आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा निःशुल्क प्रवेशको ब्यवस्था रहनुका साथै सहायता कक्षको पनि ब्यवस्था रहेको छ ।  आज सम्पन्‍न समुद्‍घाटन कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेना फोटो प्रतियोगिता २०८० का विजेताहरू (गैर सैनिक र सैनिक) लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरू, नेपाल प्रहरीका महानिरीक्षक,  राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, इतिहासविद्, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array