नेकपा माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको निर्वाचनमा सातै प्रदेशमा गरी नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका तीन तथा नेकपा एमाले र जसपाका समान एक सांसद निर्वाचित भएका छन् ।हिजो भएको निर्वाचनमा सत्ता गठबन्धका १८ सांसद निर्वाचित हुँदा एक सिट भने नेकपा एमालेले फुत्काउन सफल भएको छ । एमालेले हिजोको निर्वाचनमा कोशी प्रदेशको महिलातर्फ माओवादी केन्द्रकी चम्पा कार्कीलाई हराउँदै रुक्मिणी कोइरालालाई जिताउन सफल भएको छ । हिजोको निर्वाचन सकिएसँगै राष्ट्रिय सभामा रहेका दलहरुको दलीय हैसियत पनि फेरिएको छ । पहिलो दलको रुपमा रहेको नेकपा एमाले तेस्रो स्थानमा झर्दा दोस्रो रहेको नेकपा माओवादी एक सिट गुमाएपनि पहिलो दलमा उक्लिएको छ भने यसअघि तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो । हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका छ । यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । यता यसअघि राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २० पछि १० जनामा सीमित हुनेछ । राष्ट्रियसभामा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ । यस्तै हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।

आगामी फागुन २० मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट उक्त सिट स्थान सुरक्षित गरेको छ । राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् । गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array