पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ माघ २०८०, शुक्रबार
1 Min Read
Aa
काठमाडौं ।जिल्ला नुवाकोट लिखु गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं तार्केश्चर न.पा. नेपालटार बस्ने भिमराज न्यौपानेको छोरा बर्ष २४ को रोजिन न्यौपानेले निरज धमला समेत ७ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. १०,००,०००/-( अक्षेरुपी दश लाख रुपैयाँ ) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,२०,०००/- ( अक्षेरुपी एक लाख बीस हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रोजिन न्यौपानेलाई खोजतलास गर्ने क्रममा मिति २०८०।१०।१० गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौं माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array