८ किलो गाँजासहित दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ माघ २०८०, शुक्रबार
4 Min Read
Aa

सप्तरी,      कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं,     खोटाङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनकुटा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका-८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पोखरा महानगरपालिका-७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका-१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।         काभ्रे, बनेपा नगरपालिका-७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही, ओमसतिया गाउँपालिका-२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।        धनुषा, मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा ना.६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।      दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

मृत अवस्थामा फेला    मोरङ, ग्रामथान गाउँपालिका-७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।     तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ सेती नदीको किनारमा सोही नगरपालिका-८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array