“हुण्डी कारोबार गर्ने व्यक्तिहरु पक्राउ ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,   काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१० अनामनगर स्थित युवराज प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस ब्यूरोबाट खटिई गएको प्रहरी टोलीले युवराज प्रसाई समेतलाई मिति २०८०/१०/११ गते नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्ने क्रममा निज समेत भई काठमाण्डौं जिल्ला का.म.पा.वडा नं.६ बौद्ध नयाँबस्तीमा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्रकानुनी तवरबाट हुण्डी कारोवार गरेको अवस्थामा फेला पारी रितपूर्वक खानतलासी गर्दा उक्त सटर कोठाबाट अबैंध नेपाली रु.३०,१८,०००।– ( अक्षेरुपी तीस लाख अठार हजार), ल्यापटप थान-२ (दुई), मोबाईल थान-५ (पाँच) बरामद भएकोले निजहरुलाई सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धानरत रहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array