ट्राफिक प्रहरीको लापसे चेकिङ :  २ जना चालक नियन्त्रणमा,

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं, काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ ख १४ ८४ नम्बरका माईक्रो चालक उदयपुरको त्रियुगा नगरपालिका ९ का ३० वर्षीय दिनेश क्यापछाकी र  लु २ ख ८३४ नम्बरका ट्रक चालक पश्‍चिम नवलपरासीको सुनवल नगरपालिका ६ का ३३ वर्षीय सुमित रानालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको  संयुक्त टोलिले चेक गर्दा ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो  । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array