काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,  काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ । बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २।५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद् गंगा नगरकोटीका अनुसार यो तापक्रम उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम हो । केही दिनयता देशैभर चिसो बढेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array