नगरप्रमुख महर्जनको प्रगतिशिल कर सिद्धान्तका कारण चालु आ.व को ६ महिनामा तारकेश्वरमा लक्ष्यको ४३ प्रतिशत राजश्व संकलन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०८०, शनिबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । राजश्वको दर घटाउने, दायरा बढाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रगतिशिल कर सिद्धान्तका कारण तारकेश्वर नगरपालिकाले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्यको ४३ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।
नगरपालिकाले चालु आ.व को साउन देखि पौष मसान्त सम्म १४ करोड २१ लाख ४० हजार ४३ रुपयाँ राजश्व संकलन गरेको छ । नगरपालिकाले चालु आ.व २०८०/८१ मा ३३ करोड ७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
तारकेश्वर नगरपालिकाको प्रमुखको रुपमा निर्वाचीत भएर आएसंगै नगरप्रमुख महर्जनले करको दरमात्र बढाउदा स्थानीयबासीहरुमा नकारात्मक प्रभावपर्ने भन्दै करको दर घटाएर दायरा बढाउने नीति अवलम्बन गर्नुभएको थियो । यहि नीतिको आधारमा गत बर्ष नगरपालिकाले कुल लक्ष्यको करिब ९० प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो ।
गत बर्षको तुलनामा चालु आ.व को ६ महिलामा तारकेश्वर नगरपालिकाले १६.४७ प्रतिशत बढी राजश्व उठाउन सफल भएको छ । गत आर्थिक बर्षको २०७९ साउन देखि पौष मसान्त सम्म ६ महिनामा नगरपालिकाले १२ करोड २० लाख ३५ हजार ८ सय ९७ रुपयाँ राजश्व संकलन गरेकोमा यस बर्ष २०८० साउन देखि पौष मसान्त सम्म नगरपालिको १४ करोड २१ लाख ४० हजार ४३ रुपयाँ राजश्व संकलन गरेको छ । गत बर्षको ६ महिनाको तुलनामा यस आर्थिक बर्षमा नगरपालिकाले २ करोड १ लाख ५ हजार १ सय ४६ रुपयाँ बढी राजश्व उठाएको छ ।
तारकेश्वर नगरपालिकाले संकलन गरेको राजश्व मध्य सम्पत्ती करको हिस्सा ३२.५७, नक्सा पास दस्तुर २०.९ प्रतिशत, घर जग्गा बहाल करको १५.८५ प्रतिशत रहेको छ । जस अनुसार सम्पत्ती करबापत ४ करोड ६३ लाख ९ सय ४५, नक्सापास दस्तुर बापत २ करोड ९७ लाख ९१ हजार ७ सय ८१, घर जग्गा बहाल कर बापत २ करोड २५ लाख ३१ हजार ९७ रुपयाँ संकलन भएको छ । त्यस्तै नगरपालिकाले सिफारीस दस्तुबापत २ करोड ४९ लाख ३२ हजार २ सय ८८, नक्सा धरौटी शुल्क ६७ लाख, ढुंगा गिटी, बालुवा बापत ३२ लाख, भुमीकर बापत १४ लाख ८२ हजार ५ सय १, व्यवसाय रजिष्ट्रेसन दस्तुर ४८ लाख १० हजार ६ सय ७८, अन्य प्रशासनिक सेवा शुल्क बापत २ लाख ६२ हजार ५ सय, व्यक्तिगत घटना दर्त दस्तुर बापत १ लाख १० हजार ३ सय २४, अन्य दस्तुर बापत १ लाख ८१ हजार ६ सय ६३, न्यायिक दण्ड, जरिवाना र जफलत बापत १५ हजार ४ सय , बिज्ञापन कर ६ लाख ४१ हजार, भ्यु टावर शुल्क १ लाख ६० हजार मनोरञ्जन करबापत ४८ हजार ७ सय र अन्य राजश्व ६ लाख ८३ हजार ९ सय गरी कुल १४ करोड २१ लाख ४० हजार ४३ रुपयाँ राजश्व संकलन गरेको छ । नगरपालिकामा संकलन भएको राजश्वको क्षेत्रहरुलाई मुल्यंकन गर्दामा गैर कर भन्दा कर क्षेत्रमा राजश्व बृद्धि हुंदै गइरहेकाले तारकेश्वर पालिकाको कर प्रशासन दिगो हुंदै गएको देखिन्छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले संकलन गरेको राजश्व नगरबासीकै हितमा खर्च गरिने बताँउदै समृद्ध तारकेश्वर बनाउने अभियानमा सहयोग गर्ने करदाताहरुलाई धन्यवात दिनुभयो ।
नगरप्रमुख महर्जनले “स्वेच्छीक सहभागीतासहितको कर, विकास आत्मनिर्भरउन्मुख नगर” भन्ने नारालाई आत्मसाथ गदै आफ्नो कार्यकाल भित्रमा करको दायरा बढाएर बार्षिक करिब १ अर्ब सम्मको आन्तरीक राजश्व संकलन गरि तारकेश्वरलाई आत्मनिर्भर उन्मुख नगरपालिका बनाउन चाहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको राजश्व शाखा प्रमुख सागर अर्यालले नगरप्रमुखको कर नीति अनुरुप चालु आर्थिक बर्षमा पनी तारकेश्वर नगरपालिकाको प्रगतिशिल कर शिक्षा सिद्धान्तलाई अबलम्बन गदै करको दर घटाउने र दायरा बढाउने नीति अनुरुप करदाता शिक्षा कार्यक्रमलाई थप व्यवस्थीत गदै लगिने बताउनुभयो ।
“स्वेच्छीक सहभागीता सहितको कर, विकास आत्मनिर्भर उन्मुख नगर” भन्ने नारालाई आत्मसाथ गर्न चालु आर्थिक बर्षमा नगरपालिकाले स्थलगत रुपमा व्यवसाय दर्ता शिविर, करदाता शिक्षा कार्यक्रम, सम्पत्ती कर, भूमिकर, अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको राजश्व शाखा प्रमुख अर्यालले बताउनुभयो ।
अर्यालले टोल विकास संस्था मार्फत सहरीकरण विस्तारको आधारमा टोल विकासलाई चाहिएको विकासको लागि अनुदान उपलव्ध गराई अनिवार्य रुपमा कर प्रशासनमा सहभागी गराउने कार्यक्रम, प्रत्यक वडालाई बार्षीक आन्तरीक आयको लक्ष्य प्रदान गर्ने, लक्ष्य अनुरुप राजश्व दाखीला भए नभएको अनुगमन र नियमन गर्ने जस्ता कार्यहरु चालु आर्थिक बर्षमा निरन्तर रुपमा गरी तारकेश्वर नगरपालिकालाई आन्तरीक आयबृद्धि गरी थप स्वयत्तता हाँसील गर्ने लक्ष्य लिएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले राजश्व बढाउने नीति अनुरुप करदाता शिक्षा सुरुगरेसंगै राजश्व संकलन ह्वातै बढेको राजश्व शाखाका सुव्वा हरिकृष्ण अर्यालले बताउनुभयो ।
अर्यालले चालु आ.व को ६ महिनामा नगरपालिकाले संकलन गरेको कुल राजश्व मध्य ६५ प्रतिशत वडा कार्यालयहरु र ३५ प्रतिशत नगरपालिकाको नगदी कर संकलन केन्द्रको हिस्सा रहेकोे बताउनुभयो
तारकेश्वरमा बिजयी भएर आएसंगै नगरप्रमुख महर्जनले बिदेश जानका लागि आयश्रोत प्रमाणीत प्रयोजनका निम्ती तिरीने घरबहाल करलाई घटाएर मात्र एक प्रतिशत कायम गर्नुभएको थियो । यस अघि नगरपालिकाले बहालकरबापत १० प्रतिशत कर लिंदै आएको थियो । करको दर घटाउने, दायरा बढाउन नगरपालिकाले नगरवासीहरुलाई करका दरमा सहुलीयतहरु उपलव्ध गराँउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array