“लागु औषधका थुनुवालाई भगाई फरार रहेका तत्कालिन प्रहरी १६ वर्ष पछि पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०८०, शनिबार
1 Min Read
Aa
काठमाडौं, लागु औषध नियन्त्रण कानुन कार्यान्वयन ईकाई नयाँबानेश्वरबाट पक्राउ भई लागु औषध खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर, काठमाण्डौंको हिरासत कक्षमा रहेका प्रतिवादी भारत पूर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने वर्ष अं.३९ को असरफ आलमलाई मिति २०६४।०२।०९ गते राती अं.२०:३० बजे जिल्ला रौतहट, पथरावुधराम-०३ घर भई सोही कार्यालयको हिरासत कक्षमा कार्यरत तत्कालिन प्रहरी जवान विरवल राय यादवले नक्कली चिट बनाई आफैले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी ईन्सपेक्टर सावले वोलाउनु भएको छ भनि हिरासत कक्षबाट हतकडी समेत लगाई बाहिर निकाली भगाई फरार रहेका निज प्रहरी जवान विरवल राय यादवलाई यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल भारत सिमानाको काकडभिट्टाबाट मिति २०८०।१०।११ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८०।१०।१२ गते प्रहरी परिसर, काठमाण्डौं पठाईएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसुरको सजाय हुने ब्यबस्था जानकारी गराईन्छ

प्रतिक्रिया दिनुहोस्

Array