अमृत थापाको नेतृत्वमा तारकेश्वर नगरस्तरीय लैङिक हिंसा नियन्त्रण समन्वय सञ्जालको नयाँ कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरस्तरीय लैङिक हिंसा नियन्त्रण समन्वय सञ्जालको छैठौं बार्षिक साधारण सभाले अमृत थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा तारकेश्वर नगरपालिका वडा नं ११ स्थीत दियालो फुडल्याण्डमा सम्पन्न सञ्जालको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
जस अनुसार सञ्जालको उपाध्यक्षमा राधाकृष्ण खडगी, सचिबमा बिमला कार्की थपलिया, सहसचिबमा सानुकाजी थापा, कोषाध्यक्षमा सुजाता अधिकारी, सदस्यहरुमा नारायण सापकोटा, मनोज तिवारी, मिन बहादुर मानन्धर, बिजय कुमार झा, बिमला गिरी शशीदेवी भट्ट, रमिला प्रधान, कोपीला देवकोटा, बिमला गिरी, शिव कुमारी अर्याल, बैकुण्ठ प्याकुरेल, भद्रशिला रसाइली,अनुपमा मल्ल, सृजना लामिछाने र रघुनाथ ढकाल चयन हुनु भएको छ ।

No description available.

No description available.सञ्जालको अधिवेशनको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरलाई हिंसा रहित नगरपालिका बनाउन लागि परेको बताँउदै त्यसका लागि सबै नागरिकहरुको साथ र सहयोग चाहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, पुर्व वडा अध्यक्ष एवं सञ्जालका संस्थापक सदस्य मनोहरी तिवारी, सञ्जालका संस्थापक सदस्य नारायण सापकोटा लगायतले सञ्जालको साधारण सभाको सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

No description available.

No description available.

fty

प्रतिक्रिया दिनुहोस्

Array