नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आज (आइतबार)देखि सुरु हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११:३० बजेदेखि सुरु हुने बैठक भोलिसम्म चल्ने छ । बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ ।एकीकृत समाजवादीले पार्टीको विधान मस्यौदामाथि छलफलका लागि बैठक बोलाएको हो । एकीकृत समाजवादीले यसअघि नै सचिवालय र केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल गरिसकेको छ ।एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array