`समुदायमा कांग्रेस´ अभियान, फरक टोली फरक जिल्लामा जाँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०८०, आईतवार
2 Min Read
Aa

नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसक्नु भएको सबैलाई विदित नै छ l अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरकफरक जिल्लामा फरकफरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरकफरक टोली
खटिदैछ ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहनु हुनेछ l तोकिएका जिल्लाहरुमा भिन्नभिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ l टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ l

कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी l
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा l
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर l

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l वागमतीको

   सिन्धुली र मकवानपुर l
२) महालक्ष्मी उपाध्याय डिना’  – बारा, पर्सा, रौतहट सर्लाही l वागमतीको धादिङ र

   चितवन l

वागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा l
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा l

गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर l
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ l

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा l
२) डा डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी l

कर्णाली प्रदेश
१) डा शशांक कोइराला – दैलेख, सल्यान सुर्खेत l

सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी

   कंचनपुर l

नोट : केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन l

जय नेपाल
                                                   कृष्णप्रसाद पौडेल

     मुख्य सचिव

प्रतिक्रिया दिनुहोस्

Array