मीनकुमारी राणाले न्यौपाने, नेपाल र थापामगरलाई पुरस्कृत गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०८०, आईतवार
1 Min Read
Aa
काठमाडौं । मीनकुमारी राणा प्रतिष्ठानले प्रजातन्त्र सेनानी सम्मानतथा पुरस्कार भक्तपुरका पाका नेता लेखनाथ न्यौपानेलाई प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा माघ २५ गत राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव रबि राणाले जानकारी दिए ।  यसैगरी पत्रकारिता पुरस्कार देशान्तर साप्ताहिकका संस्थापक सम्पादक एवं वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै, राष्ट्रिय खेलकुद पुरस्कारका लागि बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवं साफ पदक विजेता प्रकाश थापामगरलाई प्रदान गर्ने निर्णय गरिएको पनि राणाले बताए ।  यी सबै पुरस्कार र छात्रबृत्ति राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहकाबीच प्रदान गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array