सम्पत्ति जफत गर्नु गैरकानुनी हो : रूसी विदेश मन्त्रालय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ माघ २०८०, सोमबार
1 Min Read
Aa

मस्को। विदेशस्थित रूसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रूसले दिने रूसी विदेश मन्त्रालयले आइतबार जनाएको छ ।“हामीले विदेशमा रूसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँं ।“रूसी महासङ्घको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र मान्यताको उल्लङ्घन गरेको हामीले बारम्बार उल्लेख गरेका छौं,” रूसी मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले उल्लेख गरेको छ ।यस्तो कार्य ‘सार्वभौम अचल सम्पत्तिमाथिको घोर अतिक्रमण र राज्यहरूको एक समूहले अर्को समूहको सम्पत्तिको सरासर चोरी’ गरेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले भनेको छ, “‘पश्चिमी गठबन्धन’ देशहरूले रूसी अचल साथै अन्य सम्पत्तिजफत गर्ने उनीहरूको कुनै पनि प्रयासले अनिवार्य रूपमा पर्याप्त र प्रभावकारी प्रतिक्रिया पाउनेछ भनी उनीहरूले बुझेका हुनुपर्छ ।”सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

Array