“अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने कन्सलटेन्सी संचालक पक्राउ ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ माघ २०८०, मंगलवार
2 Min Read
Aa
काठमाडौँ । जिल्ला बारा कोल्वी न.पा. वडा नं. ०४ बस्ने राम कृष्ण शिवाकोटीको छोरा बर्ष ३३ को राम शरण शिवाकोटीले मिराकल कन्सलटेन्सी खोली युनिसा आले मगर समेतलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. १३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैयाँ ) लाग्छ, अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. २,००,०००/-( अक्षेरुपी दुई लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी रु. १६,५०,०००/- (अक्षेरुपी सोह्र लाख पचास हजार रुपैयाँ ) र राजन प्रसाई समेत ३ जनाबाट रु. १६,५२,०००।–( सोह्र लाख बाउन्न हजार रुपैयाँ ) गरी जम्मा रु. ३३,०२,०००।–(तेतिस लाख दुई हजार रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेको र निज राम शरण सिवाकोटीले धेरै जनालाई त्यसरी ठगी गरेको बुझिन आएकोमा निज भारतको दिल्लीमा लामो समय देखि लुकिछिपी बसेको खुल्न आएकोमा निजलाई खोजतलासको लागी यस कार्यालयबाट प्रहरी टोली खटीई गएकोमा निजलाई मिति २०८०।१०।१४ गते अं. १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं. ४ गड्डा चौकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको । साथै निजसँग गरिएको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरुमा पठाउने भनी धेरै व्यक्तिहरुसँग रकम लिएको खुल्न आएकोले निजबाट ठगीएका व्यक्तिहरुले वैदेशिक रोजगार विभाग ताहाचलमा सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया गर्न समेत सुचित गरिएको छ ।
May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array