तारकेश्वरमा डिजीटल प्रणाली मार्फत राजश्व कारोबार बढयो, चालु आ.वमा बढी राजश्व उठाउने यि हुन तिन वडा कार्यालय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ माघ २०८०, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा डिजीटल प्रणाली मार्फत राजश्व तिर्नेको संख्या बढन थालेको छ । नगरपालिकामा चालु आ.व को ६ महिनामा डिजीटल प्रणालीबाट १५ सय वटा भुक्तानीको कारोबार भएका छन् । जस मार्फत नगरपालिकामा १ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
तारकेश्वर नगरपालिकाले चालु आ.व मा उठाएको कर मध्य ७.०३ प्रतिशत कर डिजिटल प्रणाली मार्फत भुक्तानी भएको तारकेश्वर नगरपालिकाको राजश्व शाखाका प्रमुख सागर अर्यालले बताउनुभयो । चालु आ.व २०८०÷०८१ को साउन देखि पुस मसान्त सम्म ६ महिनामा तारकेश्वर नगरपालिकामा १४ करोड २१ लाख ४० हजार ४३ रुपयाँ राजश्व संकलन भएको छ ।
नगरपालिकाले संकलन गरेको कुल राजश्व मध्य वडा कार्यालयहरु मार्फत ३५ प्रतिशत र नगरपालिकाको राजश्व काउण्टर मार्फत ६५ प्रतिशत कर संकलन भएको तारकेश्वर नगरपालिकाको राजश्व शाखाका सुव्वा हरिकृष्ण अर्यालले बताउनुभयो ।
यि हुन सर्वाधीक राजश्व उठाउने ३ वडा कार्यालय
तारकेश्वर नगरपालिकामा चालु आ.वको ६ महिनामा सर्वाधीक राजश्व उठाउने वडा मध्य वडा नं ८ पहिलो वडा बनेको छ । यस वडामा २०८० साउन देखि पुस मसान्त सम्म ६ महिनामा १ करोड २८ लाख ५९ हजार ३ सय २३ रुपयाँ राजश्व संकलन भएको छ । वडा नम्बर ८ का अध्यक्ष श्याम कृष्ण सापकोटाले जनतालाई मर्का नपर्ने गरी निर्दिष्ट कानुनको परिधिभित्रै रहेर वडा कार्यालयले राजश्व संकलन गरीरहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाँउमा कार्यालय रहेको वडा नं ८ ले गत आर्थिक बर्ष ०७९÷८० को अन्त्य सम्म १ करोड ९७ लाख २७ हजार २ सय १ रुपयाँ राजश्व संकलन गरेर तारकेश्वर नगरपालिकामा सर्वाधीक राजश्व उठाउने पहिलो वडा बनेको थियो । तारकेश्वरमा सर्वधीक राजश्व उठाउने वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा सदस्यहरु सुदिप घिमिरे, मोहन खत्री, महालक्ष्मी काफ्ले र लक्ष्मी परियार हुनुहुन्छ तथा वडा सचिबका रुपमा नानु तिवारी नेतृत्वको कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ५ ले चालु आ.वको ६ महिनामा १ करोड ११ लाख ७४ हजार १ सय ४५ रुपयाँ राजश्व संकलन गरेर तारकेश्वरमा सर्वाधीक राजश्व संकलन गर्ने दोश्रो वडा बनेको छ । यस वडाका अध्यक्ष शम्भु प्रसाद फुंयाल, वडा सदस्यहरु रामकुमारी दाहाल, साबित्री गुइदेल, अनन्तमणी आचार्य र जयराम अर्याल हुनुहुन्छ भने वडा सचिब सृजना पौडेल नेतृत्वको कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं १० ले चालु आ.वको ६ महिनामा ९९ लाख ७३ हजार ४ सय ४२ रुपयाँ राजश्व संकलन गरी तारकेश्वर नगरपालिकामा सर्वाधीक राजश्व संकलन गर्ने वडा कार्यालय मध्य तेश्रो नम्बरमा पर्न सफल भएको छ ।
गत आ.व ७९÷८० मा पनि १ करोड ५१ लाख ५६ हजार ८ सय ६१ रुपयाँ राजश्व संकलन गरेर तारकेश्वर नगरपालिाकाको सर्वाधीक राजश्व उठाउने तेश्रो वडा बनेको थियो । यस वडाका अध्यक्ष कुमार राई, वडा सदस्यहरु शान्ता थपलिया, बाबुराम पौडेल, बिक्रम महर्जन, रत्नमाया परियार हुनुहुन्छ भने वडा सचिब स्वस्तीका कार्की सहितको कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।
राजश्वको दर घटाउने, करको दायरा बढाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रगतिशिल कर सिद्धान्तका कारण चालु आर्थिक बर्ष ०८०÷८१ को ६ महिनामा १४ करोड २१ लाख ४० हजार ४३ रुपयाँ राजश्व संकलन भएको छ । नगरपालिकाले चालु आ.व २०८०÷८१ मा ३३ करोड ७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । नगरपालिकामा चालु आ.व को साउन देखि पौष मसान्त सम्म संकलन भएको राजश्व उक्त लक्ष्यको ४३ प्रतिशत हो ।
तारकेश्वर नगरपालिकाको “स्वेच्छीक सहभागीता सहितको कर, विकास आत्मनिर्भर उन्मुख नगर” भन्ने नारालाई आत्मसाथ गदै बिगतका बर्षझै चालु आवमा पनि संकलनका लागि तारकेश्वर नगरपालिकाको राजश्व शाखाले बिभिन्न कार्यक्रमहरु गर्ने बताएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array