हेलम्बु दोरिमको भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ माघ २०८०, बुधबार
1 Min Read
Aa

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् । सो दुर्घटनामा घाइते भएका पाँचजना मध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।  भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array