हामीले न्याय नपाए हजारौंको संख्यामा देश ठप्प पाछौंः स्वरोजगार ट्याक्सि व्यवसायी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ माघ २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले आफूहरुले खरिद गर्ने विद्युतिय ट्याक्सिमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लागएका छन् । शनिबार राजधानीको संवाद डबलीमा स्वरोजगार मजदुर चालक स्वतन्त्र सघर्ष समितिले कार्यक्रमको आयोजना गरी व्यक्तिले किन्दा २९ देखि ३० लाख र व्यवसायका लागि आफूहरुले खरिद गर्दा ३७ लाख तिर्नु पर्ने बाध्यता भएको बताए ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ट अधिवक्ता धुर्बलाल श्रेष्ठले विद्युतिय साधन व्यक्तिले निजी प्रयोजनका लागि किन्दा र ट्याक्सी व्यवसायीले किन्दा ७ लाखको अन्तर आउनु सरासर कानुन विपरित भएको बताए । सत्य र न्यायको खोजी अभियानका संयोजकसमेत रहेका श्रेष्ठले उच्च अदालतले त्यस किसिमको अन्यायलाई नियमन गर्न भनेर सरकारलाई आदेश दिदा पनि उसले नसुन्न दुःखत रहेको चिन्ता व्यक्त गरे । श्रेष्ठले गरिब जनताको रगत, पसिना र बलबाट बनेको वर्तमान सरकार भ्रष्टाचार विरोधी भनेर नाटक गर्ने, तर वस्तवमा यस्ता स्वरोजगार र गरिब विरोधी भएको आरोप लगाए । श्रेष्ठले गलत भएका विषयमा प्रमाण ल्याय आफ्नो अभियानले कानुनी उपचार खोज्न सघाउने प्रतिबद्धता जानए ।

अधिवक्ता मनिस श्रेष्ठले वर्तमान समयमा देशका युवाहरु अर्काको देशमा मर्न र मार्न तत्पर हुनुको कारण वर्तमान अवस्था रहेको र त्यस्तै समस्या ट्याक्सि वयवसायमा आएको बताए । देशमा करिब १२ हजार स्वरोजगार ट्याक्सी व्यवसायीलाई पनि सरकारको गलत रवैयाले विदेश पलायन हुन बाध्य बनाएको आरोप लगाए । ट्राफिक प्रहरी र सरकारी उच्च आहोदाका व्यक्तिहरुले यातायात व्यवसायी तथा मजुदरलाई होच्याउने गरेका बताउँदै भने,“अख्तियारी र अधिकारको दुरुपयोग गरेर व्यवसायीलाई होच्यानु भनेको संविधान विरोधी भएको र कानुनी कारवाही गरिनु पर्छ ।”

क्रान्तिकारी कम्युनिष्ट पार्टीका यातायात मजदुर संघका सह–सम्योजक पूर्ण बहादुर लामाले पीडितहरुलाई एक्लै भएको भनेर चिन्ता नलिएर संघर्षमा अघि बढ्न सुझाए । नेपालमा यातायता मात्रै नभएर हरेक क्षेत्रमा माफियाकरण भएकाले त्यसका लागि सबै एकजुट भएर लड्नु पर्ने धारणा व्यक्त गरे ।

सत्य र न्याय खोजि अभियानका अभियान्ता भोजराज तिमल्सिनाले देशमा दण्डहिनताले पराकाष्टा नाघ्दै गएकाले त्यस विरुद्ध सबै एकजुट हुनु पर्ने धारणा राखे । दुर्गा प्रसाई समर्थक राजु रानाभाटले ट्याक्सि व्यवसायीलाई सरकारले न्याय नदिए आफूहरु हजारौं चालक लिएर उत्रने चेतावनी दिए ।

सो सघर्ष समितिका संयोजक सानु पूर्वछाने मगरले देशका हरेक ठाउँमा भ्रष्टाचार भएजस्तै यातायात क्षेत्रमा पनि व्यापक अनियमितता भएको बताउादै भने,“सरकारले नै हरेक ठाउँमा बिचौलिया तयार गरेर जनता चुसिरहेको छ, त्यस विरुद्ध अर्को बिद्रोह उठछ ।” यातायत मन्त्री प्रकाश ज्वालाले यातायत क्षेत्रका समस्या समाधान गर्ने भन्दा कमिसनको खेलमा लागेको आरोप लगाए । यातायत विभागका महा निर्देशकले पनि खुले आम कमिसनको खेल चलाउँदा पनि सरकार मौन रहेको आरोपसमेत लगाए ।

सो संघर्ष समितीका वरिष्ट सल्लाहकार राम थापाले आफूहरुमाथि कानुनी रुपमै अन्याय भएको बताउँदै त्यसको लागि अफूहरु हरेक हिसाबले आन्दोलित हुने अवस्था आएको बताए । थापाले सरकार समक्ष न्यायको लागि माग समेत राखेका छन् । उनले ट्यक्सिहरुमा हाल रहेको बक्ससहितको सिलवाला मिटरलाई परिवर्तन गरी आधुनिक सरकारी एप्सको व्यवस्था, टाटा कम्पानीको थिगो ईभी(विद्युतिय कार) कारको एकाधिकार प्रणालीको अन्त्य गरी खुल्ला प्रतिस्पर्धात्मक तरिकाले खरिद प्रक्रियासहितका विभिन्न माग राखे ।

स्वरोजगार ट्यक्सि व्यवसायी संघर्ष समिति संयोजक रमेश गोदाईलीले आफूहरुका मागहरु सरकारले सुनुवाई नगरे छिट्टै कडा आन्दोलनमा उत्रने चेतावनी दिए । आन्दोलन् परिचालन् संयोजक विष्णु कार्कीले सरकारसँग अहिले शान्तिपूर्ण तथा कानुनी अधिकारको लडाई लडिरहेको र त्यसपछि पनि उसले ‘कानमा तेल हालेर’ बसे व्यवसाय ठप्प पार्ने चेतावनी दिए ।

कार्यक्रमका सञ्चालक अधिवक्ता भरत घिमिरले कुनै नीजि व्यक्तिलाई ३० लाख र एक गरिब स्वरोजगार व्यवसायीलाई ढाड सेक्ने गरी ७ लाख बढी तिर्न लाउने सरकार दालाल भएको र विदेशीको इसारामा चल्ने माफिया भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

Array