श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ माघ २०८०, आईतवार
1 Min Read
Aa

दाङ, श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीय श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा प्रकाउ परेका हुन् । नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयाे । डीएसपी मल्लका अनुसार रोल्पा रुन्टीगढी गाउँपालिका-९ घर भएका नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array