बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ माघ २०८०, मंगलवार
1 Min Read
Aa

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका- ८ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०८० जेठ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ लाख ७५ हजार रूपैयाँ विगो वापतको रकम र ३ दिन कैद जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array