अख्तियारको टोलीद्धारा नापी कार्यालय कलंकीका दुई कर्मचारी घुसहित पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत दुई कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ।
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले नापी कार्यालय कलंकीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनीहरूलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए। त्यसबारेमा थप अनुसन्धान भइरहेको घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

Array