तारकेश्वरमा सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०८०, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंको आयोजना तथा तारकेश्वर नगरपालिकाको संयोजनमा सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धमा स्थानीय सरकारसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजना गरीएको अन्तरक्रिया कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाहका सम्बन्धमा उत्पन्न समस्याहरुको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

May be an image of 1 person, dais and text
काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दोहोरो अर्थ दिने कानुनी प्रावधानहरुका कारण सेवाप्रवाहमा बेलाबखतमा ढिलाई हुने गरेको बताउँदै आफ्नो क्षेत्राधिकार भित्र रहेका त्यस्ता बिषयहरुलाई समन्वय गरेर हल गर्न तयार रहेको बताउनुभयो ।

No photo description available.
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले समग्र तारकेश्वरको बिकासका लागि नगरपालिकाको टिम लागि परेको बताँउदै जनतालाई समस्या रहेको बिषयमा समन्वय गरेर अगाडी बढन आफु तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “म तारकेश्वर बनाउन आएको व्यक्ति हो, तारकेश्वर बनाउन बाहेक मेरो कुनै स्वार्थ पनि छैन, मेरो कार्यकालमा तारकेश्वबासीहरुले सुशासनको प्रत्याभुती हुने गरी काम गरिरहेको छु ”

May be an image of 1 person, dais and text
काठमाण्डौंका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले प्रहरीले मात्र समाजमा शान्ति सुरक्षा काम गर्न नसक्ने बताँउदै त्यसका निम्ती नागरिकहरुबाट पनि सहयोग हुनुपर्ने बताउनुभयो । सुचना प्रविधिको बिकाससंगै अपराधका स्वरुप पनि बदलींदै गएको बताँउदै प्रहरी प्रमुख खत्रीले अपराध रोक्न सिसिटीभी सहितको प्रविधिको बिकासमा स्थानीय निकायले समेत लगानीको खाँचो रहेको बताउनुभयो ।
समाजमा लागुऔषध दुव्यसनी र साइबर अपराधका गतिबिधि बढीरहेको बताँउदै त्यस बिषयमा समेत स्थानीय निकायले सचेतनाका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले मालपोत कार्यालयले प्लटीङको किताँकाटका लागि स्वीकृति दिनेबेला सुरुमानै प्लट मिलान नगर्दामा सर्वसाधारणहरु पिडित बनिरहेको बताँउदै त्यस बिषयमा मालपोत कार्यालय गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले तारकेश्वरबासी जनतालाई सरल, सहज र झण्झटरहित तरिकाले सेवा प्रवाहका ध्यान दिइरहेको बताउनुभयो ।
मालपोत कार्यालय मनमैजुका प्रमुख प्रकाश दुलालले मालपोतका समस्याका बिषयमा स्थानीय निकायसंग समन्वय गरेर अगाडी बढन तयार रहेको बताँउदै मालपोत भित्र हुने अनुचीत गतिविधि रोक्न लागि रहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले स्मार्ट सिटीको नाममा लामो समय देखि किताकाँट रोकिंदा सर्वसाधारणलाई समस्या रहेको भन्दै स्मार्ट सिटीको नाममा कहिले सम्मा जनतालाई दुख दिने त्यसको उचित जबाफ जनतालाई दिनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्रीले कानुनी अस्पष्टताको आधारमा वडा अध्यक्षहरुलाई सिफारीसहरुमा समस्या भोग्नुपरेको बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष सम्भु फुंयालले शनिबारको बिदामा तारकेश्वर घुम्न आउने पर्यटकहरुलाई चेकिङको नाममा मुडखुमा प्रहरीले हैरानी दिंदा आन्तरीक पर्यटन प्रवर्धनमा समस्या भएको भन्दै चेकीङको नाममा सर्वसाधारणलाई दुख दिने प्रबृत्ति रोकिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो“ तारकेश्वर तथा ककनीमा जाने पर्यटकहरुलाई मुडखुमा मापसे चेकिङको नाममा शनिबार मात्र प्रहरीले सडकमा रोकेर हैरानी दिने गरेको धेरै गुनासो आएको छ, हामी मापसे गरेर गाडी चलाउन दिनुपर्दछ भन्ने पक्षमा छैनौं, तर मापसेको नाममा शनिबार मात्र प्रहरीले चेकिङ गरेर काम गर्दामा घुम्न आउने धेरै पर्यटकहरुमा नकारात्मक प्रभाब पारीरहेको छ, यस बिषयमा प्रहरी पनि जिम्मेवार बनिदिनुप¥यो”
तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले सिसडोलमा फोहर बिर्षजनका लागि गुडने गाडीका चालकहरु मध्य धेरैको लाइसेन्स नभएको र उमेर समेत नपुगेकाहरुले गाडी गुडाइरहेको गुनासो आएको बताँउदै त्यसलाई अबिलम्ब रोक्नुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्याम सापकोटाले कानुनको गलत व्याख्या गरेर मालपोतले एउटै बिषयलाई दुईवटा फरक फरक निर्णय गर्ने गरेको बताँउदै मालपोत भित्रको भ्रष्टाचारलाई रोक्न सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, सहित वडा सचिब र कर्मचारीहरुले सेवा प्रवाहका क्रममा भोगेका समस्याहरुको बारेमा सरोकारवाला निकायहरुसंग जिज्ञासा राख्नुभएको थियो ।

May be an image of 8 people and text

May be an image of 7 people and crowd

May be an image of 2 people and people studying

May be an image of 6 people and people studying

May be an image of 7 people

May be an image of 10 people and people studying

May be an image of 5 people

dfdf

प्रतिक्रिया दिनुहोस्

Array