आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौको कर घोटालामा लिप्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । एनसेल महाघोटालादेखि भ्रष्टाचारका अनेकौ घोटाला विरुद्ध प्रहार गर्दै ९३ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा २०८० माघ २५ गते काठमाण्डौमा आयोजित शान्ति काव्य प्रवाहमा रचना प्रस्तुत गर्दै स्रष्टाहरुले ४० अरब वार्षिक आम्दानी हुने कम्पनी ६ अरबमा विक्री भएको भनिएकोप्रति व्यङ्ग गर्दै नेताहरु स्वयं विक्री हुन थालेको भाव व्यक्त गरेका थिए । जनतालाई आलु प्याजमा कर लगाउने सरकार अरबौको कर घोटालामा स्वयं लिप्त भएको भन्दै स्रष्टाहरुले आक्रोश व्यक्त गरेका थिए । काव्य प्रवाहमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणसहित कवितासमेत वाचन गरिएको थियो ।
समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न भ्रष्टाचार विरुद्ध केन्द्रीत ९३ औँ शान्ति काव्य प्रवाहमा रामबहादुर पहाडी, रामेश्वरी पन्त, मेनका पोखरेल आचार्य, दुर्गाकिरण तिवारी, ललिता दोषी, लक्ष्मी एडी, रत्ननीधि रेग्मी, डा. बमबहादुर जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, रुद्र अधिकारी, भुवन शिवाकोटी, गगनदीप सर्व, विजयराज न्यौपाने, निर्मलरमण पराजुली, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, टेकबहादुर लौहारी, कृष्ण पहाडी सहित १९ जना स्रष्टाहरुले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array