बाले‍नले न्यूरोड क्षेत्रमा पार्किङ हटाएपछि वडाअध्यक्ष रिसले फायर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रका कालोपत्रे सडकमाथि गरिएको पार्किङ हटाएपछि वडा कार्यालयले आपत्ति जनाएको छ।

माघ ९ गते महानगरका मेयर बालेन शाहले न्यूरोड क्षेत्रमा गरिँदै आएको पार्किङ हटाएका थिए। आफ्नो क्षेत्रमा कुनै जानकारी र समन्वयनबिना नै पार्किङ हटाएकोमा आफूहरूको आपत्ति रहेको महानगर-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले बताएका छन्।’हाम्रो वडामा कुनै समन्वयनबिनै पार्किङ हटाइएको छ,’ उनले भने, ‘स्मार्ट पार्किङमा पहिलेदेखि नै विकृति थियो तर त्यसलाई सच्याउनुको सट्टा मेयर बालेनले पार्किङ नै बन्द गरे।’

यस्तै, उनले अब विकल्पमा निश्चित ठाउँ तोकेर पार्किङको व्यवस्था गर्नुपर्ने बताए। न्यूरोडमा पार्किङ हटाउँदा व्यवसायीहरू मारमा परेको बताउँदै व्यवसायीहरूले गरिरहेको प्रदर्शनमा आफ्नो वडाबाट पूर्ण समर्थन रहेको उनले जनाए।’टाउकोमा जुम्रा पर्यो भने त सफा सुग्घर पो गर्ने हो, तर यहाँ मेयरले त कपालै काट्यो भने जुम्रा नै रहँदैन भन्ने उपाय अपनाउनुभयो,’ उनले प्रश्न गरे, ‘अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्नुको सट्टा मेयरले समस्या सुल्झाउनुको सट्टा जड नै उखालेर फाल्ने?’

 

प्रतिक्रिया दिनुहोस्

Array