चीनले निर्माण गर्ने परियोजनाको काम अब टोखा–छहरे सुरुङ मार्गबाट सुरुवात हुने छ : प्रधानमन्त्री दाहाल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको सहयोगमा नेपालमा सञ्चालन गर्ने परियोजनाको कामको सुरुवात अव टोखा छहरे सुरुङ मार्गको प्रारम्भीक अध्ययनबाट थालीने बताउनुभएको छ ।
नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा आज देखिसुरु भएको नुवाकोट महोत्सबको उदघाटन गदै प्रधानमन्त्री दाहालले टोखा छहरे सुरुङ मार्गको काम अब चाँडै सुरु हुने बताउनुभयो ।
सुरुङ मार्ग नुवाकोटको समग्र विकासको लागि मात्र नभएर देशकै आर्थिक बिकासका निम्ती महत्वपुर्ण परियोजनाको रुपमा रहेको बताँउदै प्रधानमन्त्री दाहालले टोखा छहरे सुरुङ मार्गको परियोजनाको काम छिटै सुरु गर्न चीनलाई आग्रह गरेको समेत बताउनुभयो ।
टोखा– छहरे सुरुङ मार्ग परियोजनाबाटै काम थाल्न चीनीया राजदुत पनि सकारात्मक रहेको बताँउदै प्रधानमन्त्री दाहालले टोखा–छहरे सडक अब सके सम्म छिटो अगाडी बढाउन आफ्नो पनि कोसीस रहेको बताउनुभयो ।

May be an image of 6 people, dais and text
उहाँले भन्नुभयो “मेरो चीन भ्रमणको बेलामा टोखा–छहरे सुरुङ मार्गलाई अगाडी बढाउने सहमती भएको थियो, हिजो बिहान मात्र चीनीयाँ राजदुतसंग सबै भन्दा पहिला नेपालमा यहि परियोजनाबाट काम थाल्ने र परियोजनाको डिपीआर तयार गर्ने कुरा भएको छ”
बालाजु–रानीपौवा सडकका लागि टेण्डर भई १ अरब ३३ करोड निकास भएर निर्माण प्रकृया अगाडी बढेको बताँउदै प्रधानमन्त्री दाहालले रानीपौवा देखि पिपलटार सम्मको बाँकी खण्डमा पनी बजेटको व्यवस्था गर्ने विश्वास दिलाउनुभयो ।
गल्छी, त्रिशुली, मैलुङ, रसुवागढी सडक यो त्रिदेशीय सम्बन्ध बनाउने सबैभन्दा छोटो सडकलाई पुर्णता दिनेकाम भइरहेको बताँउदै प्रधानमन्त्री दाहालले गंगटे, खरानीटार, समुन्द्रटार सडक, गल्फुभञ्जयाङ सडकको पनि टेण्डर भएको र अब चाँडै निर्माण प्रकृया अगाडी बढने विश्वास व्यक्त गर्नुभयो ।
जनयुद्ध कालका आफ्ना सहयोद्धा पोष्ट बहादुर बोगटीको गृह जिल्ला नुवाकोट रहेकाले पनि नुवाकोटसंग आफ्नो छुट्टै भाबनात्मक सम्बन्ध रहेको बताँउदै प्रधानमन्त्री दाहालले नुवाकोट जिल्लाका विकास निर्माणसंग सम्बन्धीत, शिक्षा, स्वास्थ्य र रोजगारसंग सम्बन्धीत कुराहरुलाई आउने नीति तथा कार्यक्रममा अधिकतम ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
साथै प्रधानमन्त्री दाहालले नुवाकोटको पर्यटनको बिकास र यसको एतिहाँसीकतासंग महत्व राख्ने नुवाकोट दरबार पुनरनिर्माणमा ढिलाई हुनु दुखद रहेको बताँउदै नुवाकोट दरबार पुनर्निमाणका लागि सरकारले नीति तथा कार्यक्रम मार्फत बजेट बिनियोजन गर्नेै बताउनुभयो ।

May be an image of 6 people, dais and text that says 'आयोजक'

प्रतिक्रिया दिनुहोस्

Array