जीपी कोइराला लेवर फाउण्डेसनको सचिबमा राजु रानाभाट चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ माघ २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । नेपाली मजदुर आन्दोलनका संस्थापक एवं नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व गिरिजाप्रसाद कोइरालाको नामबाट एक दशक अघि स्थापित जीपी कोइराला लेवर फाउण्डेसनको सचिबमा राजु रानाभाट चयन हुनुभएको छ ।
फाउण्डेसनको शनिबार सम्पन्न अधिवेशनले लम्जुङ घर भई तारकेश्वर नगरपालिका ९ मनमैजुमा बसोबास गदै आउनुभएका रानाभाटलाई सचिबमा चयन गरेको हो । लामो समय देखि नेपाली ट्रेड युनियन अभियानमा संलग्न रानाभाटले यस अघि आधिकारीक ट्रेड युनियनको अध्यक्ष भई जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । रानाभाट राजनैतिक, सामाजिक तथा परोपकारी काममा समेत अग्रगामी भुमिका निर्वाह गदै आउनुभएको छ ।

No description available.
सचिबमा चयन पछि रानाभाटले फाउण्डेसनको लक्ष्य अनुरुप श्रमिकका समस्या, श्रम क्षेत्रको सुधार, सुमधुर औद्योगिक सम्बन्धका निम्ती विद्यानले गरेको व्यवस्था अनुरुप काम अगाडी बढाइने बताउनुभयो ।
फाउण्डेसनको शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा सुधा दाहाल, उपाध्यक्षमा मातृका शिवाकोटी, महासचिबमा गणेश भट्टराई, सचिबमा राजु रानाभाट, कोषाध्यक्षमा राजेन्द्र दाहाल चयन गरेको छ । त्यस्तै सदस्यहरुमा धर्मराज भण्डारी, संजय दाहाल, परमेश्वर श्रेष्ठ, बलदेव तामाङ, शुसिला घिमिरे, मिरा निरौला, सुदिप बुढाथोकी, रजनी अधिकारी र उत्तम गौतम चयन हुनुभएको छ ।
अधिवेशनले महासचिब सूर्य नेपालले प्रस्तुत गर्नुभएको सांगठनीक प्रतिबेदन संशोधन सहित तथा कोषाध्यक्ष इन्द्रमणी अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन सर्वसम्मत पारीत गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array