ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवत आज सुनाइने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवतः आज सुनाइने भएको छ । गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसाला सुनाउन लागिएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसाला सुनाउने गरी तयारी भएको छ । पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, पुर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array