प्रि–स्कूल ओलम्पिक कमिशनको आयोजनामा दशरथ रंगशालामा हिउँदे ओलम्पिक हुंदै, हर्डल दौड देखि खर्पन दौड हुंने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ फाल्गुन २०८०, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । प्रि–स्कूल ओलम्पिक कमिशनको आयोजनामा यहि फागुन ५ गते दशरथ रंगशालामा हिउँदे ओलम्पिक हुने भएको छ ।
फागुन ५ गते मात्र एक दिन चल्ने ओलम्पिक खेलमा काठमाण्डौं, ललितपुर र भक्तपुरका ६९ पुर्वप्राथमिक कक्षाका करिब १७ सय बालबालिकाहरुको सहभागीता रहनेछ । कार्यक्रमका बारेमा जानकारी दिन आज काठमाण्डौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रि–स्कूल ओलम्पिक कमिशनका अध्यक्ष राज्य लक्ष्मी बैदारले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो ।

May be an image of 1 person and text
अध्यक्ष बैदारले खेल बालबालिकाको सिकाइको महत्वपूर्ण पक्ष भएकाले बालबालिकाको सिकाइको जगलाई अझ मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
प्रि–स्कूल ओलम्पिक कमिशनको आयोजनामा प्रत्यक बर्ष हिँउद र बर्खे गरि बार्षिक २ वटा ओलम्पिक खेलको आयोजना हुने गरेको आयोजकहरुले बताएका छन् । यस पटकको ओलम्पिकको नारा Live Together, play Together अर्थात “संगै बाँचौ, संगै खेलौ” भन्ने रहेको छ भने प्रि–स्कूल ओलम्पिक कमिशनले नेपालको लागि यस पटकको नारा Developing 21th century skills Through Play अर्थात “खेलद्धारा २१ औ शताब्दीका सीपहरुको विकास” भन्ने तय गरिएको पत्रकार सम्मेलनमा बितरीत प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रारम्भिक उमेरमा पाएको अनुभबले बालबालिकाको जीवनभरी नै सकारात्मक र महत्वपूर्ण प्रभाव पार्ने भएकोले यस ओलम्पिक कमिशनले पहिलो पटक सामूदायिक विद्यालयका बालबालिकालाई पनि सहभागी गराइएको छ । फागुन ५ गते विहान ११ बजे दशरथ रंगशालामा सुरु हुने प्रि स्कुल ओलम्पिकको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु रहनुहुने छ । प्रि स्कूल ओलम्पिकमा सहभागी १७ सय बालबालिकाहरुले ८ वटा खेलमा सहभागी हुने छन् ।
बालबालिकाहरुले तौल उचाल्ने खेल, साइकल दौड, सेफ चिन्ने खेल, हर्डल दौड, टर्नेल दौड, रिले दौड, ओलम्पिक रिङ बनाउने खेल लगायतका खेल प्रर्दशन गर्ने छन् । कार्यक्रमको अर्को रोचक खेल भने खर्पन दौड रहनेछ । जहाँ बालबालिकाहरुले तरकारी र फलफुललाई खर्पनमा राखेर दौडने छन् । यस खर्पन दौड प्रतियोगितामा एक लटमा चार बालबालिका सहभागी हुने छन् ।
बालबालिकाको सहभागितानै यस कार्यक्रमको प्रमुख लक्ष्य रहेकाले यस कार्यक्रममा सहभागी बालबालिकाहरु बिच प्रतिष्पर्धा र स्तरीकरण नहुने आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागी भएका हरेक बालबालिकाहरुले प्रमाणपत्र र मेडल पाउने छन् भने विद्यार्थी सहभागी गराउने विद्यालयले आयोजकको तर्फबाट मायाँको चिनो पाउने छन् ।
कार्यक्रममा सहभागी सानासाना बालबालिकाहरुले कल्चरल ड्रेसमा झाँकी सहित मार्चपास गर्ने छन् ।
कार्यक्रममा बालबालिकाको सुरक्षा र संबेदनशिलतालाई ध्यानमा राखेर आयोजकहरुले खेलमा सहभागी भएका विद्यार्थीका अविभाकहरु, विद्यालय परिवार, सञ्चारमाध्यम र निमन्त्रणा मार्फत बोलाइएका निम्तालुहरु बाहेक अरुलाई कार्यक्रम स्थलमा प्रवेश नगराइने आयोजकहरुले जनाएका छन् ।
पत्रकार सम्मेलनमा प्रि–स्कूल ओलम्पिक कमिशनका अध्यक्ष राज्य लक्ष्मी बैदार, उपाध्यक्ष शर्मीला केसी, कोषाध्यक्ष रीता घिमिरे तिमिल्सिना, सचिब सम्झना बस्नेत, मेन्टरहरु रेखा शाही हमाल, डा मिनाक्षी दाहाल र सानु अमात्यले पत्रकारहरुले राखेको बिभिन्न जिज्ञासाको जबाफ दिनुभएको थियो ।

May be an image of 7 people, people smiling and text

May be an image of 1 person and text

May be an image of 3 people, people studying and table

May be an image of 4 people

May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array