राष्ट्रपति रनिङशिल्डमा सहभागी हुने खेलाडीलाई तारकेश्वर नगरप्रमुखद्धारा जर्सी बितरण, तोडिएला बिगतको किर्तिमानी ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई जर्सी तथा ट्रयाकसुट बितरण गरेको छ ।
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा बिहिबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाको प्रतिनिधित्व गदै खेलमा सहभागी हुने ११४ जना विद्यार्थीहरुलाई जर्सी तथा ट्रयाकसुट बितरण गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख महर्जनले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ सहभागी हुन खेलाडीहरुलाई आग्रह गदै सुभकामना व्यक्त गर्नुभयो ।

May be an image of 5 people and tree
तारकेश्वर नगरपालिकाकी उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले खेलमा सहभागी हुने खेलाडीहरुलाई उत्कृष्ट स्थान हाँसील गर्ने गरी तयारी गर्न आग्रह गदै सुभकामना दिनुभयो ।
सो अवसरमा तारकेश्वर नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम बहादुर खत्री लगायतको उपस्थीति रहेको थियो ।
२०७३ सालमा तारकेश्वर नगरपालिका स्थापना भए पनि गत बर्ष मात्र तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गदै खेलाडीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गत बर्ष पहिलो पटक सहभागीता जनाएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लामानै दोश्रो स्थान हाँसील गरेको थियो । नगरप्रमुख कृष्ण हरि महर्जनको टिम बिजयी भएर आएसंगै तारकेश्वरबाट राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित बिभिन्न खेलका कार्यक्रमहरु हुंदै आइरहेका छन् । खेलकुद क्षेत्रको बिकासका लागि नगरपालिकाले यस बर्ष मात्र एक करोड भन्दा बढी रकम बिनियोजन गरेको छ ।

May be an image of 4 people and car

fg

प्रतिक्रिया दिनुहोस्

Array