नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमावृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको  बैठकले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रो  प्रतिलिटर क्रमशः रु १६९।५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७।५०, १५९ र १६० तोकेको छ । इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १।८३ र डिजेलमा रु १।५६ बढेर आएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array