जनक शिक्षा सामग्रीले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा जनक शिक्षाले उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको हो । आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array